•  
  •  
  •  

अकस्मात रगतमा चिनीको मात्रा कम भएमा के गर्ने ?

  •  
  •  
  •  

भिस्मा राई, डाइटिसियन 

कहिलेकाहि खाना खाएको लामो समय हुदा वा अन्य कुनै कारणले एकदमै कमजोर भएको, रिंगटा लागेकोजस्तो भइरहेको हुन सक्छ । रगतमा चिनीको मात्रा कम भएर हुने यस्ता समस्या स्वस्थ व्यक्तिको तुलनामा मधुमेह भएकाहरुमा कयौ गुणा धेरै हुन्छ र तत्काल उपचार गरिएन भने ज्यान पनि जान सक्छ ।
रगतमा चिनीको मात्रा हुनु पर्ने भन्दा धेरै कम भएर हुने यस्तो अवस्थालाई मेडिकल भाषामा हाइपोग्लाइसेमिया भनिन्छ । रगतमा चिनीको मात्रा ७० एम जि प्रति डिएल (mg/dl) भन्दा कम भएमा हाइपोग्लाइसेमिया हुन्छ ।  यसलाई बेवास्ता गरे ज्यानै पनि सक्छ ।

हाइपोग्लाइसेमियाका कारणहरु

सामान्यतया मधुमह भएका व्यक्तिहरुमा तलका कारणले हाइपोग्लाइसेमिया हुन्छ

  • इन्सुलिन वा औषधिको मात्रा धेरै भएमा वा सो अनुसार खानाको मात्रा अपुग भएमा
  • इन्सुलिन वा औषधि खाइसके पछि खाना खान ढिलो भएमा वा भोकै बसेमा
  • अचानक शारिरिक व्यायम सधै भन्दा धेरै भएमा
  • बिरामी भएर खाना नरुचेमा

हाइपोग्लाइसेमियाका लक्षणहरु

रगतमा चिनीको मात्रा कम हुँदा देखा पर्ने लक्षणहरु प्रत्येक व्यक्तिमा फरक हुन्छ । एउटै व्यक्तिमा पनि सधै एउटै लक्षण देखा नपर्न सक्छ । त्यसैले मधुमेहीले घर मै ग्लुको मिटरको सहायताले नियमित सुगर जाँच गरिरहनु पर्दछ । सामान्यतया हाइपोग्लाइसेमिया हुदा तलका लक्षणहरु देखिन्छन :

  • अत्यधिक भोक लाग्नु
  • कमजोरी महशुस हुनु
  • चिटपिट पसिना आउनु
  • मुटुको ढुकढुकी बढ्नु
  • रिंगटा लग्नु आखा अगाडी अध्यारो हुनु
  • छटपटी हुनु
  • टाउको दुख्नु
  • आँखा धमिलो हुनु बेहोस होला जस्तो हुनु

यदि यस्ता लक्षणहरु देखिएमा तुरुन्त उपचार गरि हाल्नु पर्दछ अन्यथा स्थिति गम्भिर बन्न सक्छ ।

रोकथाम तथा उपचार

  • मधुमेहको बिरामीले चिनी, ग्लुकोज, क्यान्डी, चकलेट जस्ता गुलियो पदार्थ अनिवार्य साथमा राख्नु पर्छ ।
  • यदि रगत मा चिनीको मात्रा कम भएको महसुस भएमा तुरुन्त कार्बोहाईड्रेटयुक्त खानेकुरा जस्तै: चकलेट, ग्लुकोज वा जुस खानुपर्छ ।
  • रगतमा चिनीको मात्रा सामान्य अवस्थामा आइसकेपछि पुन हाइपोग्लाइसेमियाबाट बच्न नट्स वा खाना खाने । चकलेट वा गुलियो बस्तु मात्र खाएर बस्नु हुदैन । त्यस्ता बस्तुले क्षणिक समय सम्म मात्र हाइपोग्लाइसेमियाबाट बचाउँछ । दीर्घकालीन समाधान भनेको समय मिलाएर सन्तुलित खाना खाने र नियमित औषधीको उचित प्रयोग नै हो ।
  • रगतमा चिनीको मात्रा कति छ भनेर समय समयमा घरमै ग्लुको मिटरले नाप्ने ।
  • यदि रगतमा चिनीको मात्रा सामान्य अवस्थामा नआएमा तुरुन्त आफ्नो डाक्टरलाई सम्पर्क गर्ने ।
  • प्रत्येक दिन ठिक अनुपातमा ४/५ पटक एकै समयमा तालिका मिलाएर खाने
  • कहिले धेरै कहिले थोरै वा नखाई भोकै नबस्ने ।
  • औषधि वा इन्सुलिनसंग खानाको समय र मात्रा सधै मिलाउनु पर्दछ ।
  • आफ्नो सम्बन्धित चिकित्सकलाइ सम्पर्क गरेर मात्र औषधि फेरबदल गर्ने, आफुखुसि वा सुने जानेका आधारमा औषधी र खानपान परिवर्तन नगर्ने ।
  • काम वा व्यायम धेरै भएमा त्यही अनुसार खानाको मात्रा मिलाउनु पर्दछ । (डाइटिसियन, काठमाडौ मेट्रो हस्पिटल)
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

खाद्यवस्तुको गुणस्तर मापनमा ध्यान दिऔँ : मन्त्री अर्याल

काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन गरेकी छन् । मानव...

के भिटामिन डी ले कोरोनाबाट जोगाउछ ?

भिटामिन 'डी’ थप मात्रामा सेवन गर्दा मानिसहरूलाई कोभिड-१९ बाट अतिरित्त सुरक्षा प्राप्त हुन्छ भनेर निर्क्योल गर्न पर्याप्त प्रमाण उपलब्ध...

खाद्य स्वच्छताका लागि ७ बुदे प्रतिवद्धता

झापा । दमक नगरपालिकामा मासु तथा दुधको बजार व्यवस्थापनका लागि सरोकारवालाहरुले ७ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । उपभोक्ता...

खाद्य ऐन नमान्नेमा पानी उद्योग सबैभन्दा अगाडी

काठमाडौँ । खाद्य ऐनका प्रावधान नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन...

अन्य सम्बन्धित

  •  
  •  
  •