•  
  •  
  •  

कोरोनाबाट बच्न जेष्ठ नागरिकको खानपानमा कसरी ध्यान दिने ?

  •  
  •  
  •  

दिपेन्द्र भट्ट

यति बेला कोरोना भाइरसको संक्रमण अर्थात कोभिड १९ ले संसारभरि महामारिको रुप लिएको छ । कोभिड १९ बाट जुनसुकै वर्ग, उमेर, समुदाय प्रभावित हुन सक्ने भएतापनि विश्व स्वास्थ्य संगठन तथा अन्य देशका दृष्टान्तहरु हेर्दा सबैभन्दा बढि संक्रमण तथा मृत्यु ज्येष्ठ नागरिकहरुमा भएको देखिन्छ ।
शरिरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै विभिन्न दीर्घ रोगहरुले समेत ग्रसित भइरहेको हुनसक्ने हुनाले ६० बर्ष कटेका व्यक्तिलाई संक्रमण र जटिलताको जोखिम बढि हुन्छ । त्यसैले ज्येष्ठ नागरिकहरुले सामाजिक दुरि कायम गर्नुका साथै व्यत्तिगत सरसफाई सँगसँगै दैनिक खानपान र जिवनशैलीमा पनि विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

१. खानपान
कोभीड–१९ को लागि अहिले सम्म कुनै खानाले गर्दा निको हुन्छ वा लाग्न दिदैन भनेर यकिन छैन । तर हाम्रो खानपान र जीवनशैलीले हाम्रो शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा निरोगी रहन भने अवश्य सहयोग पुग्दछ अर्थात स्वस्थ जीवनको प्रमुख आधार नै उचित खानपान र जीवनशैली हो । जेष्ठ नागरिकले झन यो पाटोलाई विशेष ध्यान दिनै पर्दछ । स्वस्थ रहन हामीले बजारमा उपलब्ध खानेकुरा भन्दा घरमै उपलब्ध खानेकुरा प्रयोग गर्न सकिन्छ । कोभिड १९ महामारीमा जेष्ठ जागरिकले विशेष गरि खानापानमा तलका कुराहरु ध्यान दिनु पर्दछ

  • भिटामिन तथा खनिज पदार्थ प्रशस्त पाइने खानेकुराहरु जस्तै मौसम अनुसारका फलफूल तथा हरियो सागसब्जीहरु खाने ।
  • लसुन, बेसार, अदुवा, तुलसी, आदिको सुपहरु खाने ।
  • फाइबर पाउनका लागि बोक्रा ननिकालेको दाल तथा गेडागुडीहरु खाने ।
  • विभिन्न किसिमका ड्राई फ्रुट्सहरु जस्तैः बदाम, ओखर, काजु, पेस्ता, सूर्यमुखीको विया, फर्सिको विया आदि उपलब्ध भएसम्म खाने ।
  • हाम्रो पाचन प्रणालीलाई मजबुत पार्न तथा वृद्धवृद्धामा हुने क्यालसियमको परिपुर्ती गर्न दूध तथा दूधजन्य पदार्थहरु नियमित खाने ।

२. व्यायाम

यो उमेर समूहमा शारिरीक सक्रियता, योग र व्यायामको ठुलो भुमिका हुन्छ । तर लक डाउनका बेला बाहिर निस्किन नमिल्ने हुनाले घरभित्रै गर्न सकिने योगा, ध्यान, व्यायामहरु नियमित गर्ने र मानसिक तथा शारिरीक रुपमा स्वस्थ रहने ।

३. तनाव नियन्त्रण तथा एक्लोपन अनुभव नगर्ने

यतिबेला वृद्धवृद्धाहरुले अनावश्यक तनाव लिनु हुदैन । यसका लागि ध्यान वा योगा पनि गर्न सकिन्छ । पूर्ण रुपमा निदाउनुपर्छ र निन्द्रा नलाग्ने व्यक्तिले धेरै चिया वा कफी पिउनु हुदैन । एक्लोपन हटाउन परिवारसँग धेरै भन्दा धेरै समय बिताउने तथा आफन्तहरुसँग फोन मार्फत कुरा गर्न सकिन्छ । परिवारका सदस्यहरुले जेष्ठ नागरिकलाई एक्लोपन नहोस भनेर गफ गरिरहने, भजन, किर्तन गरि सक्रिय राख्न सहयोग गर्नु पर्दछ ।

४.नियमित औषधि सेवन गरिरहेको भए निरन्तरता दिने

नियमित औषधि सेवन गरिरहेको भए निरन्तरता दिने र औषधी पर्याप्त भए नभएको सुनिश्चित गर्ने । आफुले नियमित खाने र अत्यावश्यक औषधीहरु कम्तिमा १ महिनाका लागि पुग्ने गरि मौजुदा राख्नु पर्दछ ।

५. धुम्रपान तथा मध्यपान नगर्ने, खानपानमा अनुशासित हुने ।

(लेखक पोषणविद हुन्)

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

खाने तेल र माछा मासुमा अत्यधिक मूल्य वृद्धि

नेपालमा पछिल्लो एक वर्षमा घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो...

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपियो निषेधाज्ञा

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका...

महामारीमा बालबालिकाको पोषणमा विशेष ध्यान दिऔ

अहिलेको कोभिड १९ महामारीको अवस्थामा आफ्ना बालबालिकाहरुलाई कसरी सुरक्षित राख्ने, पोषण र स्वास्थ्य स्याहार कसरी गर्ने भन्ने कुरामा सबै...

खाद्य कम्पनीबाट खाद्यान्न किन्दा २० प्रतिशत छुट

सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २०...

अन्य सम्बन्धित

  •  
  •  
  •