•  
  •  
  •  

दुषित पानी पिउदा निम्तिन्छ रोग

  •  
  •  
  •  

पानी सजिव जीवन आधारका लागि महत्त्वपूर्ण कुरा हो । तर, यही पानीमा बेइमानी र मनोमानीले गर्दा बेला–बेलामा समस्या पनि निम्तिने गर्छ ।
विशेष गरी पानीलाई रासायनिक, जैविक वा भौतिक कुराहरूले दूषित बनाउँछन् । भौतिक कुराहरू जस्तै ढुंगा, बालुवा, काठको टुक्रा वा अन्य कुनै ठोस वस्तु नांगो आँखाले पनि देख्न सकिन्छ भने जीवाणु वा रसायनको उपस्थितिलाई आँखाले ठम्याउन गाह्रो हुन्छ । विशेष गरी कोलिफर्म, इकोलिजस्ता सूक्ष्म जीव तथा आर्सेनिक, क्लोरिन, नाइट्रेट, विषादीहरू, लिड, कपर, क्याडमियम, म्याग्निज, फ्लोराइडजस्ता रसायनले पानीलाई दूषित बनाउन सक्छन् । जीवाणुहरू प्राकृतिक रूपमै, दूषित स्रोतका कारण वा राम्ररी प्रशोधन नगरी प्याकिङ गरिएमा विकास हुन सक्छन् भने आर्सेनिकजस्ता रसायनहरू विशेष गरी जमिनमा जमेको वा जमिनमुनिको पानीमा प्राकृतिक रूपमा हुन सक्छ । अनियन्त्रित वा अव्यवस्थित औद्योगीकरण वा फोहोर व्यवस्थापन नगर्दा वरिपरिको पानीलाई दूषित बनाउन सक्छ । क्लोरिनजस्ता रसायनको अवशेष पानी शुद्धीकरणका नाममा अधिक क्लोरिनको प्रयोगले आउँछ । सही तरिकाले शुद्धीकरण गर्दा जीवाणुबाट पानी शुद्धीकरण गर्न सकिन्छ ।

अहिले काठमाडांैको पानीमा भेटिएको जीवाणु सही तरिकाले शुद्धीकरण गरी निर्मूल पार्न सकिन्छ । तर पानी प्रशोधन वा वितरण गर्ने व्यापारीहरूको लापरबाहीका कारण यो समस्या भइरहेको छ । सरकारी स्वामित्वको खानेपानी संस्थानले वितरण गर्ने पानीसमेत दूषित पाइनु लापरबाही वा गैरजिम्मेवारपन बाहेक अरू हुनै सक्दैन । जीवनमरणसँग जोडिएको वस्तु व्यापारिक दृष्टिले मात्र हेर्ने प्रवृत्तिले ठूलो जनस्वास्थ्य समस्या निम्त्याइरहेको छ । नेपालमा प्रशोधित पानीको उत्पादन तथा वितरणका लागि खुलेका उद्योगको प्रशोधन उद्योगमा हेर्ने हो भने त्यस्तो पानी जीवनभर खान मन लाग्दैन । तर यात्रा वा यस्तै अवसरमा बोतल वा काठमाडौंजस्ता सहरमा जार वा ट्यांकरको पानीको विकल्प कठिन छ । अतस् शुद्ध पानीको उत्पादन तथा वितरणको सुनिश्चितताका लागि सरोकारवालाहरू जिम्मेवार हुनैपर्छ । नियमनकारी निकायहरूले आफ्नो प्रभावकारी उपस्थिति देखाउन जरुरी हुन्छ । अहिले उत्पादक वा वितरकहरू गुणस्तरको वास्ता नगरी व्यापार गर्ने र नियमनकारी निकाय प्रभावहीन भएका कारण समस्या बल्भिँmदो छ ।

दूषित पानीको उपभोगका कारण कस्तो समस्या आउँछ भन्ने कुरा दूषित गराउने माध्यमका आधारमा फरक पर्छ । विशेष गरी जीवाणुद्वारा दूषित भएको पानीको उपभोगबाट हैजा, झाडापखाला, आउँ, टाइफाइड, हेपाटाइटिस ए, जन्डिस, बान्ता हुने, पेटमा समस्या, दाँतमा समस्या, ज्वरो आउनेजस्ता सामान्यदेखि ज्यानै लिन सक्ने खतरनाक स्वास्थ्य समस्या निम्तिन सक्छ ।

अर्कोतिर आर्सेनिकजस्ता रसायनको अवशेषयुक्त पानीको उपभोगले अल्पकालीन तथा दीर्घकालीन रूपमा सामान्यदेखि ज्यानै लिने खतरनाक समस्या देखिन्छ । विशेष गरी नेपालको तराई क्षेत्रमा कल वा ट्युबेलमार्फत आउने पानी आर्सेनिकजस्ता रसायनयुक्त भएको पाइन्छ । त्यसैले कल वा ट्युबेलको पानी परीक्षण गरेर मात्र प्रयोग गर्नुपर्छ । आर्सेनिकयुक्त पानीको सेवनले मुटु, श्वासप्रश्वास तथा छालासम्बन्धी समस्यादेखि क्यान्सरसम्म हुन सक्छ । त्यस्तै क्लोरिन, फ्लोराइड, नाइट्रेट, लिडजस्ता रसायन तथा विषादीको अवशेष बढी भएको पानीको उपभोगले पेट, छाला, आँखा, श्वासप्रश्वाससम्बन्धी समस्या, विभिन्न अंगमा क्यान्सरजस्ता असर देखिन सक्छन् । नेपालमा जीवाणुको संक्रमणको विषयमा बहस भइरहेको भए पनि यस्ता किसिमका रसायनको अवशेषको विषयमा खासै ध्यान दिइएको पाइँदैन । नेपाल सरकारले पानीको गुणस्तरको मापदण्डमा यस्ता रसायनको अवशेषको अधिकतम मात्रा तोकेको भए पनि खासै नियमन गरिएको देखिँदैन । कतिपय पानी प्याकेजिङ गरिएको जार वा बोतलको भित्रपट्टि लेउ टाँसिएको, हिलो मिसिएको पनि भेटिन्छ । पानी प्रशोधन उद्योगहरूले प्रशोधित वा मिनरल वाटरका नाममा पानीलाई स्रोतबाट प्रशोधन नगरी सिधै प्याकिङ गरेर बेच्ने गरेका कारण यो समस्या आइरहेको छ ।

संसारभरि नै पानीजन्य रोग जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा छ । विशेष गरी नेपालजस्ता मुलुकमा पानीजन्य रोगबाट धेरै समस्या निम्तिने गर्छ । कहिलेकाहीं दूषित पानीका कारण महामारी नै आउने गर्छ । करिब २ वर्षअगाडि दूषित पानीकै कारण विराटनगरमा आएको महामारी एउटा पाठ सिक्नुपर्ने दृष्टान्त हो । स्रोतमै दूषित वा दूषित तरिकाले वितरित पानीलाई सजिलो विधिमार्फत केही हदसम्म शुद्धीकरण गर्न सकिन्छ । उमाल्ने, क्लोरिनेसन गर्ने, सोडिस गर्ने, फिल्टर गर्नेजस्ता विधि पानी शुद्धीकरण गर्ने घरेलु उपाय हुन् । यीमध्ये पनि पानीलाई भकभकी उमाल्ने सबैले सजिलै गर्न सकिने तरिका हो । उमाल्ने विधिले जीवाणु मार्न सक्छ तर विषाक्त रासायनिक हटाउन भने गाह्रो हुन्छ । अर्कातिर सामान्य खालका घरेलु फिल्टरले ठोस कुरा मात्र छान्न सक्छ तर जीवाणु मार्न र रसायन हटाउन गाह्रो हुन्छ । अत्याधुनिक फिल्टरहरूले केही हदसम्म रसायन तथा जीवाणुबाट समेत पानीलाई शुद्ध बनाउन सक्छ ।
अत: पानीलाई फिल्टर गरिसकेपछि उमालेर मात्र पिउने गर्नुपर्छ । क्लोरिनजस्ता पानी शुद्धीकरण गर्ने रसायनले केही जीवाणु मारी पानी शुद्धीकरण गर्छन् तर यस्ता रसायनको अवशेष धेरै भएमा स्वास्थ्यमा झन् नराम्रो असर पर्छ । शुद्ध पानीका लागि पानीको स्रोतलाई सफासुग्घर राख्ने, वितरण प्रणालीलाई पनि व्यवस्थित बनाउन जरुरी छ । पिउने पानी मात्र नभई खाना बनाउन प्रयोग गरिने पानी पनि शुद्ध हुन जरुरी हुन्छ । पानीजन्य रोगका कारण हुने समस्या निवारणका लागि उपभोक्ताले पानी पिउनुअगाडि शुद्धीकरण गरेर मात्र पिउनुपर्छ । उत्पादक वा वितरकले गुणस्तरमा ध्यान दिने तथा नियमनकारी निकायले प्रभावकारी नियमन गर्न जरुरी हुन्छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्णरुपमा लकडाउन भए पनि ३ महिनालाई पुग्ने खाद्यान्न बजारमा मौज्दात छ : वाणिज्य विभाग

दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपूर्ति...

खाद्यान्न ढुवानी नहुँदा साइपालमा भोकमरीको चिन्ता

बझाङ । सरकारले छुट्याएको कोटा अपुग भएर थप गरेको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको...

महामारीमा अखाद्य वस्तु बिक्री भएको पाइए उजुरी गर्न विभागको आग्रह

कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई...

कोरोनाले सिकाएको पाठः प्राङ्गारिक उत्पादनतर्फ किसान

म्याग्दी । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता...

अन्य सम्बन्धित

  •  
  •  
  •