•  
  •  
  •  

खुल्ला विश्वविद्यालयले विभिन्न तहमा भर्ना खुलाएको छ

  •  
  •  
  •  

घरमै बसेर पढिने खुल्ला विश्वविद्यालयले विभिन्न तहमा भर्ना खुलाएको छ । उसले एमफिल देखि स्नातकोत्तर, पिजी डिप्लोमा, डिप्लोमासम्म भर्ना खुलाएको हो । नेपाल खुला विश्वविद्यालयमा सामाजिक शास्त्र तथा शिक्षा र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्र्ततमा भर्ना खुला गरिएको हो । स्नातकोत्तर तहका विभिन्न विषयका कार्यक्रमहरुमा वि.स. २०७६ हिउँदे सत्र प्रथम सेमेष्टर प्रणाली अन्र्तगत मिति २०७६ फाल्गुन २६ गतेसम्म आइपुग्ने गरी भर्ना आवेदन आव्हान गरिएको सम्बन्धी जानकारी प्रकाशित गरिएको हो ।

नेपाल खुला विश्वविद्यालय विधिबत रुपमा विसं २०७३।०३।३० (सन् २०१६) मा स्थापना भएको हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय मानभवन ललितपुरमा छ । खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने, गराउने उद्देश्यकालागि नेपाल खुला विश्वविद्यालय स्थापना भएको हो । सन् २०१० मा गैरआवासीय नेपाली संघ (एनआएनए) तथा शिक्षा मन्त्रालयबीच भएको सहमति एवं सार्कमा खुला विश्वविद्यालय स्थापना गर्न नेपालले जनाएको प्रतिबद्धता अनुसार खुला र दूर सिकाइको विधिमार्फत अध्ययन–अध्यापन सञ्चालन गर्न नेपालमा खुला विश्वविद्यालय स्थापना भएको हो। संसद्बवाट नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ पारित भएपछि नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयका कक्षाहरू २०७५ सालको जेठदेखि कक्षा सञ्चालन भएको हो।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

खाने तेल र माछा मासुमा अत्यधिक मूल्य वृद्धि

नेपालमा पछिल्लो एक वर्षमा घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो...

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपियो निषेधाज्ञा

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका...

महामारीमा बालबालिकाको पोषणमा विशेष ध्यान दिऔ

अहिलेको कोभिड १९ महामारीको अवस्थामा आफ्ना बालबालिकाहरुलाई कसरी सुरक्षित राख्ने, पोषण र स्वास्थ्य स्याहार कसरी गर्ने भन्ने कुरामा सबै...

खाद्य कम्पनीबाट खाद्यान्न किन्दा २० प्रतिशत छुट

सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २०...

अन्य सम्बन्धित

  •  
  •  
  •