1 - 1Share
- उचित खानपान र जीवनशैली तौल ठिक राख्ने उचित उपाय हुन ।
- के खाने, कति खाने र कसरी खाने भन्ने कुराले नै हाम्रो स्वास्थ्य निर्धारण गरिरहेको हुन्छ । आप्mनो शरिरलाई आवश्यक पर्ने जति क्यालोरी पाइने खाना खाने र शारिरिक रुपमा पनि त्यहि अनुसार सक्रिय हुने हो भने तौल ठिक्क रहन्छ ।
- विभिन्न अध्ययनहरुले व्यक्तिको तौल घटबढमा ८० प्रतिशत खाना र २० प्रतिशत व्यायमको भुमिका हुन्छ भनेका छन् । त्यसैले व्यायम गरेर मात्र पनि तौल घट्दैन वा घटि हाले पनि छोटो समय नगर्दैमा फेरी ह्वात्तै बढ्दछ । त्यसका लागि खानालाई पनि सन्तुलन गर्नु पर्ने हुन्छ ।
- तौल घटाउनका लागि इच्छा शक्ति र उत्प्रेरणाले ठुलो भुमिका खेल्दछ । उचित खानपान र जीवनशैलि अपनाउनका लागि आत्म विश्वास, निरन्तर लगाब र प्रतिबद्दता चाहिन्छ ।
- डाइटिसियनहरुसँग परामर्श लिइ आफुलाई दिनभरी आवश्यक पर्ने क्यालोरी र खानेकुराको सुचि तयार पारि उपभोग गर्ने र त्यहि अनुसार शारिरीक रुपमा पनि सक्रिय हुने हो भने माटोपना घट्दछ ।
- एउटा खाना खाए पछि अर्को खाने समय धेरै ग्याप पनि राख्नु हुदैन । दिनमा ४ देखि ५ पटक ठिक्क मात्रामा सन्तुलित खाना खाएमा तौल मात्र हैन अन्य धेरै स्वास्थ्य समस्याहरु दुर हुन्छन ।
- खाना खाने वित्तिकै सुत्ने, दौडने, नुहाउने, चिया कफि खाने पनि गर्नु हुदैन । तनाव पनि मोटोपनाका कारक भएकोले खाने खाने बेलामा वा अन्य समयमा पनि तनाव लिनु हुदैन ।
- खानामा सागपात, फलफुलको मात्रा बढाउने, क्यालोरी कम दिने खानाहरु जस्तै काक्रो, ब्रोकाउलि, बन्दाकोपि, काउलि, सागपातहरुले पेट भर्ने र क्योलोरी बढी दिने खाना कम खाने, फाइबर भएका खानाहरु खाने, कार्बोहाइडेट बढी पाइने खानाहरु, बढी चिल्लो भएका खानाहरु कम खाने, दैनिक रुपमा कम्तीमा ४५ मिनेटभन्दा बढी पसिना आउने गरि हिड्ने वा अन्य कसरत गर्ने गर्दा केहि हदसम्म तौल घट्दछ ।
- पछिल्लो समय तौल घटाउने नाममा विभिन्न मेसिनहरु, चियाहरु, औषधीहरुको व्यापक प्रचार गरिएको देखिन्छ । विशेषगरि भाइब्रेसन मार्फत बोसो घटाउने भनिएका मेसिनहरुले अत्यन्तै जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्ने अध्ययनहरुले देखाएका छन् ।
- मोटोपना घटाउने मेसिन र औषधीहरुको प्रयोग गर्नु भनेको अर्को रोग निम्त्याउन सक्ने खतरा मोल्नु हो ।
- तौललाई कहिल्यै पनि ह्वात्तै घटाउने गर्नु हुदैन यसो गर्दा अर्को समस्या निम्तिन सक्छ ।
- 1Share
1