•  
  •  
  •  

आत्मअनुशासन: स्वस्थ र खुसी जीवनको राज

  •  
  •  
  •  

जब हामी आत्मअनुशासित हुन्छौं, जीवन धेरै हदसम्म सार्थक हुन्छ । आत्मअनुशासन भनेको आफुले आफैलाई निश्चित सर्त र सीमाभित्र बाँध्नु हो । आत्मअनुशासनले हामीलाई आफ्नो जीवनमा, घर-परिवारमा, करियरमा, स्वास्थ्यमा फाइदा गर्छ ।

खानपानमा अनुशासन 

खानपानमा पनि हामी अनुशासित हुनुपर्छ । कुन खानेकुरा शरीरका लागि आवश्यक छ ? कति आवश्यक छ ? यसबारे हामी कहिल्यै चिन्तन गर्दैनौं । बरु मिठो मसिनो खाने बाहना खोजिरहन्छौं । यस्तो अस्तव्यस्त खानपान शैलीले शरीरलाई रोगी बनाउँछ । खानपानको निश्चित तालिका निर्धारण गर्नुपर्छ । दिनमा कति पटक खाने, के के खाने भन्ने कुरा निर्धारण गर्नुपर्छ ।

स्वास्थ्यमैत्री, सुपाच्य, स्वस्थ्यवर्द्धक खानेकुरा खानुपर्छ । यसका लागि पनि निश्चित समय मिलाउनुपर्छ । मिठो पाउनसाथ पेट चर्कनेगरी खाने, नमिठो भएमा खाँदै नखाने प्रवृत्तिले हामीलाई रोगी बनाउँछ । भनिन्छ, नि संसारमा जति मान्छे खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर ।

हामीले अरुलाई देखाउनका लागि वा अरुको सामुन्ने सभ्य देखिन होइन, आफ्नै स्वास्थ्यका खातिर अनुशासित खानपान शैली अपनाउनुपर्छ ।

दिनचर्यामा अनुशासन 

हामी अनुशासित दिनचर्या पालना गर्न सक्छौं । यो भनेको हाम्रो दैनिक जीवनयापनको कुरा पनि हो । जस्तो नियमित सुत्ने र उठ्ने तालिका निर्धारण गर्ने । निश्चित समयमा सुत्ने, निश्चित समयमा उठ्ने । दिनभर काम गरिरहँदा सकारात्मक ढंगले गर्ने । कामप्रति लगाव राख्ने, मेहनत गर्ने । हरेक कामलाई रचनात्मक ढंगले गर्न प्रयास गर्ने ।

कस्तो काम उपयुक्त हुन्छ ? कसरी गर्दा बढी फलदायी हुन्छ ? त्यही ढंग अनुसार काम गर्ने । कसलाई भेट्ने, कसलाई नभेट्ने ? निर्धारण गर्ने । खराब वा निरास व्यक्तिहरुको संगतमा पुगेपछि हाम्रो उर्जा सेलाउँछ । हामी कमजोर र शिथिल हुन्छौं । त्यसैले जोशिला, उर्जावान्, सकारात्मक, कर्मठ, मेहनती, सिर्जनशिल साथीहरुको सर्कल बनाउने, त्यही सर्कलमा आफुलाई घुलनसिल बनाउने ।

दैनिक तालिका नै अनुशासित भएमा हाम्रो लय विग्रदैन । जब जीवनमा लय हुन्छ, त्यसले धुन पैदा गर्छ । जीवन मधुर हुन्छ ।

सोचाइमा अनुशासन 

हामी जस्तो खान्छौं, त्यस्तै हुन्छौं । जस्तो सोच्छौं, त्यस्तै देखिन्छौं ।

यदि हामी सकारात्मक छौं, खुसी छौं, उत्साहित छौं भने हाम्रो अनुहारमा बेग्लै आभा प्रकट हुन्छ । यदि निरास छौं, दुःखी छौं, नकारात्मक छौं भने अनुहारको रंग फुंग उड्छ ।

अनुहारको भाव मात्र होइन, हाम्रो सोच चिन्तनले स्वास्थ्यमा पनि प्रभाव पार्छ । किनभने हाम्रो शरीर र हाम्रो सोंच चिन्तन अभिन्न रुपमा जोडिएको हुन्छ । सोंच वा चिन्तन कहाँबाट पैदा हुन्छ ? शरीरभित्रबाट नै त हो । शरीरभित्र मन हुन्छ । मस्तिष्क हुन्छ । त्यहाँ उब्जने कुराले शरीरमा प्रभाव पार्छ ।

जस्तो हामीलाई डर लाग्छ भने हाम्रो शरीरमा कम्पन आउँछ । डर मनको कुरा हो, कम्पन शारीरिक कुरा हो । यसरी हाम्रो स्थुल शरीर र मन आपसमा जोडिएको हुँदा हामी जस्तो सोच्छौं, जस्तो चिन्तन गर्छौं, त्यसको प्रभाव शरीरमा पर्छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्णरुपमा लकडाउन भए पनि ३ महिनालाई पुग्ने खाद्यान्न बजारमा मौज्दात छ : वाणिज्य विभाग

दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपूर्ति...

खाद्यान्न ढुवानी नहुँदा साइपालमा भोकमरीको चिन्ता

बझाङ । सरकारले छुट्याएको कोटा अपुग भएर थप गरेको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको...

महामारीमा अखाद्य वस्तु बिक्री भएको पाइए उजुरी गर्न विभागको आग्रह

कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई...

कोरोनाले सिकाएको पाठः प्राङ्गारिक उत्पादनतर्फ किसान

म्याग्दी । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता...

अन्य सम्बन्धित

  •  
  •  
  •